Logo
Logo

एमालेका केन्द्रीय सदस्य हत्या आरोपमा पक्राउ


दृष्टि संवाददाता


मोरङ । हालैमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य बनाएका मोरङका युवराज बाँस्कोटा हत्या आरोपमा पक्राउ परेका छन् । नेकपा अलग हुँदा ओलीले बाँस्कोटालाई आफ्नो पक्षको केन्द्रीय सदस्य चयन गरेका थिए ।
बास्कोटालाई मोरङको शनिश्चरे–१० जिरीखिम्तीका १९ वर्षीय सन्दीप भण्डारीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ । भण्डारीको ‘शंकास्पद मृत्यु’ भएको घटनामा एमालेका नेता बाँस्कोटा पक्राउ परेका हुन् । घटनामा संलग्न बाँस्कोटालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
गत १४पुसमा भण्डारी पथरी शनिश्चरे–२ मंगलबारेस्थित युवराज बाँस्कोटाको घरमा मृत फेला परेका थिए । त्यसपछि मृतकका परिवारले २६ पुसमा ‘कर्तब्य ज्यान’ मुद्दामा बाँस्कोटाविरूद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएका थिए ।
किटानी जाहेरी परेपछि अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि उनलाई पथरीदेखि पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका नेता बास्तोलालाई मोरङ अदालतमा म्याद थप गर्न प्रहरीले लैजाने तयारी गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्