Logo
Logo

संसद बैठक सुरु नै नभइ बाहिरिए प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबारको प्रतिनिधिसभा बैठक नै नबसी फर्किएका छन् । संसद् भवन नयाँबानेश्वरमा करिब १० मिनेट बसेर उनी बाहिरिए । प्रधानमन्त्री ओली सममै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन् ।
बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री बाहिरिएका हुन् ।
२३ गतेको बैठकमा पनि प्रधानमन्त्री संसद् भवन पुगेर बाहिरिएका थिए । उक्त दिनको बैठकमा करिब ४० मिनेट बसेर उनी बाहिरिएका थिए । संसद् बैठक ठिक समयमा सुरु नभएको भनेर उनी दोस्रो पटक संसद् भवनबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्