Logo
Logo

यी हुन् सुरक्षाकर्मी दुरुपयोग गर्ने  गृहका कर्मचारी


दृष्टि संवाददाता


काठमाडौं, २६ फागुन ।
बिशिष्ट व्यक्तिको सुरक्षासम्बन्धि कार्यविधि कार्यान्वयनका लागि गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पत्राचार गरे पनि गृह आफैँले भने कार्यविधि पालना गरेको छैन । मन्त्रालयकै कर्मचारीले दुई दर्जन सुरक्षाकर्मीको दुरुपयोग गरिएको छ ।


मन्त्रालयकै कर्मचारीहरूले नियमविपरीत सुरक्षाकर्मी राखेका हुन् । यसरी दुरुपयोग गर्नेमा राष्ट्रिय विपत् तथा जोखिम न्यूनीकरण प्राधिकरणका सिइओ अनिल पोखरेल, सहसचिव वासु दाहाल, जनकराज दाहाल, हुमकला पाण्डे, प्रहरी किताबखानाका सहसचिव यादव सुवेदी छन् । गृहकै उपसचिवहरू जनार्दन गौतम, निर्मल न्यौपाने, चन्द्रप्रसाद गैरे, विष्णुराज न्यौपाने, खुमकान्त अर्याल, रामहरि शर्मा, दिलकुमार तामाङ, भीमकान्त शर्मा, हरि पन्थीलगायतले प्रहरी राखेका छन् । त्यस्तै, हज कमिटीका अध्यक्ष शमशेर मियाँले पनि प्रहरी फिर्ता गरेका छैनन् ।
गृह मन्त्रालयको स्टाफ बस चलाउनदेखि अन्य कर्मचारीको गाडी चलाउनसमेत नियमविपरीत प्रहरीलाई राखिएको स्रोत बताउँछ । गृहका केही कर्मचारीले गाडी चलाउन तथा केहीले घरमा प्रहरी राखेका छन् । गृहमन्त्री रामबहादुर थापा बादलकै सचिवालयमा तीन प्रहरी जनशक्तिको दुरुपयोग गरिएको छ ।

गृहका प्रवक्ता बुढाले मन्त्रालयमा चालक अभाव भएकाले केही प्रहरीलाई राखिएको बताए । कार्यविधिअनुसार उनीहरूलाई फिर्ता गर्ने प्रक्रिया अघि बढिसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्