Logo
Logo

झलनाथ खनालले भने- ‘संसदमा नयाँ खेल सुरु भयो, के हुन्छ हेर्दै जाउँ’


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले संसदमा नयाँ खेल सुरु भएको बताएका छन् । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले संसदमा नयाँ खेल सुरु भएको बताएका हुन् । तर, नयाँ खेल के हो भनेर उनले बताएनन् ।

उनले भने ‘‘संसद भनेको सर्वोच्च राजनीतिक मञ्च हो, देशका सम्पूर्ण राजनीतिक पार्टीहरुले खेल खेल्ने ठाउँ यही हो । त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिदृष्य तपाईंहरुले विस्तारै विस्तारै देख्दै जानुहुन्छ ।’

संसद पुनःस्थापना हुनु ऐतिहासिक परिघटना रहेकोले आफूहरु विधिमा फर्किएको बताउँदै नेता खनालले संसदले मुलुकलाई राम्रो निष्कर्षतर्फ लैजाने विश्वास समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्