Logo
Logo

कम्युनिष्टहरुको भर हुन्न : देउवा


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले कम्युनिस्टहरुको भर नहुने बताएका छन् । बुधबार आफूलाई भेट्न बुढानीलकण्ठ निवास पुगेका कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सभापति देउवाले आफू प्रधानमन्त्री होइन, पार्टीको उद्देश्य भनेको पार्टी सभापति हुने रहेको प्रष्ट पारे । भेटका सहभागी एक नेताले भने, ‘मलाई प्रधानमन्त्रीसँग मतलब छैन र यिनीहरु (कम्युनिष्ट)को भर पनि छैन ।’
देउवालाई भेट्न मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानिलकण्ठ पुगेका थिउ । उनले केपी ओली हटाउने अभियानमा साथ दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्