Logo
Logo

ओलीविरूद्ध मोर्चा कस्दै माधव नेपाल, बानेश्वरमा केन्द्रीय सदस्यको बैठक


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडौं । नेकपा एमालेमै रहेर ओलीविरूद्ध संघर्ष गर्ने निष्कर्षमा पुगेका नेता माधवकुमार नेपालले आफ्ना पक्षका केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । बैठक अपरान्ह नयाँ बानेश्वरमा बस्ने बताइएको छ ।

पार्टीमा ओलीविरूद्ध कसरी संघर्ष गर्ने भन्ने विषय मुख्य एजेण्डा रहेको बताइएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा हुने बैठकमा सर्वोच्च अदालतको निर्णयपछि पार्टीभित्र उत्पन्न परिस्थितिबारे पनि छलफल हुने बताइएको छ।

नेपाल समूहका नेताका अनुसार ओली समूहले विस्तार गरेको केन्द्रीय समितिबारे पनि छलफल हुनेछ । नेकपा विभाजन भएपछि ओली समूहको नेकपाले ४४१ सदस्यीय केन्द्रीय समितिलाई थपेर १५०१ सदस्य पुर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस्