Logo
Logo

शोक प्रस्ताव पारित गरेर सकियो प्रतिनिधि सभा बैठक, अर्को बैठक चैत ३ मा बस्ने


दृष्टि संवाददाता


काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकले विभिन्न मितिमा निधन भएका पूर्वसांसद् तथा सभासद्हरुप्रति शोक प्रस्ताव पारित गरेको हो ।

बुधबारको बैठकमा विभिन्न अध्यादेशहरु पेश हुने सम्भावित कार्यसूची तय गरिएको थियो । तर, अन्तिममा भने शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची मात्रै राखिएको थियो ।

गत २३ गते सुरु भएको संसद्को अधिवेशनको पहिलो दिन पनि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको थियो। तर, त्यसदिन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश मात्रै टेबल भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक चैत ३ गते बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्