Logo
Logo

एमालेमा माओवादी नेतालाई २० प्रतिशतभन्दा कम हिस्सा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेमै रहने नेकपा माओवादी केन्द्रका नेताहरुले २० प्रतिशतभन्दा कम हिस्सा मात्र पाउने भएका छन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपा विभाजन हुँदा ओलीको पक्षमा रहेका नेताहरुलाई २० प्रतिशत हारहारीको हिस्सामा समेट्ने तयारी गरिएको ओली पक्षका नेताले बताएका छन् ।

नेकपा खारेज भएसँगै एमाले र माओवादी ब्युँतिएपछि एमालेमा रहेका माओवादी पक्षका नेताहरुको छलफल बालुवाटारमा बसेको थियो । बैठकमा नेताहरुले कम्तिमा ३० प्रतिशत हिस्सामा व्यवस्थान हुनुपर्ने माग राखेका थिए ।

तर, न्यून संख्यामा रहेका माओवादीलाई ३० प्रतिशत हिस्सा दिन नसकिने एमाले पक्षको अडानपछि कम्तिमा २० प्रतिशतमा समेट्ने तयारी गरिएको बताइएको छ । एमालेमा रहेका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह लगायत चिनिएका माओवादी नेता हुन् ।

वामदेवपछि बादल
एमालेमा माओवादी नेताहरुलाई व्यवस्थापन गर्ने सवालमा सामान्य छलफल चलिरहेको छ । एमालेमा मध्ये बादल शीर्ष नेता हुन् । त्यसैले बादललाई वामदेव गौतमपछिको उपाध्यक्ष बनाउने तयारी गरिएको छ । बादललाई व्यवस्थापन गर्नेबारे छलफल भए पनि अन्य नेताको व्यवस्थापनमा छलफल भएको छैन । निक्कै मत्वकांक्षी मानिने टोपबहादुर रायमाझी लगायतलाई व्यवस्थापन गर्न समस्या हुने एमाले ओली पक्षका नेताहरुको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस्