Logo
Logo

माओवादीमा फर्कने सम्भावना न्यून : लेखराज भट्ट


दृष्टि संवाददाता


काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफू नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना न्यून रहेको बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोल्दै माओ‌वादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि आफू पार्टीमा फर्कने सम्भावना न्यून रहेको बताएका हुन् ।

तपाईंको सांसद पद गएपनि एमालेमै रहनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, ‘समर्थन फिर्ता लिएपनि फर्कने सम्भावना मैले देख्दिँन । सांसद पद गए जाओस् भन्ने बारेमा पछि पनि छलफल गर्दै छौं के हुन्छ । कानुनी प्रक्रिया, समग्र सोचेरै निष्कर्ष निकाल्छौं ।’

उनले एमाले र माओवादी पार्टी ब्युँतिएपछि नयाँ परिस्थितीसँग कसरी जाने भन्नेमा गृहकार्य गरिरहेको बताए । ुपार्टी एकताको सम्भावनाहरुका बारेमा पनि छलफल भइरहेको छ,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्