काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच छलफल जारी छ ।
तीन नेताबीच माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा छलफल चलिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । छलफलमा सरकार गठनका विषयमा छलफल हुने बताइएको छ ।
बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।