Logo
Logo

ओलीलाई सत्ताबाट हटाउने पार्टीको मूल ध्येय हो : अध्यक्ष यादव


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने पार्टीको मूल ध्येय रहेको बताएका छन् ।

फाइल तस्बिर

बुधबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले असंवैधानिक र प्रतिगमन कदम चाल्ने प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउने पार्टीको ध्येय हुने बताएका हुन् ।
उनले असंवैधानिक कदम उठाउने र अलोकतान्त्रिक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति रहेको बताए ।
‘हाम्रो मुख्य ध्ययअ संवैधानिक कदम र प्रतिगमन कदम चाल्नेलाई सत्ताबाट हटाउने हो’ यादवले भने । उनले ओली नेतृत्वको सरकारमा जाने पार्टीको कुनै योजना नरहेको स्पष्ट पारे । प्रधानमन्त्रीसँग सरकारका बिषयमा नभएर रेशम चौधरीलाई रिहाई गर्ने बिषयमा मात्र छलफल भएका बताए ।

प्रतिक्रिया दिनुहोस्