Logo
Logo

एमालेमै फर्किए पनि माधव नेपाल पक्ष छुट्टै भेलामा ब्यस्त


दृष्टि संवाददाता



काठमाडौँ ।  एमालेमा फर्किएका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले वानेश्वरमा छुट्टै भेला गरेकाे छ ।  एमालेभित्रै रहेर ओलीविरूद्ध संघर्ष गर्ने निर्णय गरेका वरिष्ठ नेता नेपाल पक्षका नेताहरूले वानेश्वरमा छुट्टै भेला गरेका हुन् ।

भेलामा यसअघि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै असन्तुष्ट बनेर प्रचण्ड समूहसँग सहकार्य गरिरहेका नेताहरू जम्मा भएका हुन् । भेलामा धेरै जसो केन्द्रीय सदस्य उपस्थित छन् ।

नेपाल पक्षले अब कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन केन्द्रीय सदस्यहरूको भेला डाकेको हो । भेलालाई वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका छन् भने अन्य नेताले सम्बोधन गर्ने क्रम जारी छ ।

उता, एमाले फर्किएका नेतालाई भने अध्यक्ष ओलीले अहिलेसम्म भेटेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्