Logo
Logo

‘सुदूरपश्चिममा मलाई नेतृत्व गर्ने अधिकार दिइएकाे छ, तोडफोड गर्नेलाई कारबाही गर्नुपर्छ’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिएका छन् । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेता रावलले घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गरेका छन् ।

रावलले घट्नामा संलग्नहरुलाई कारबाही नगरिए घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने बताए । घट्नाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पँक्तिलाई पनि जानकारी गराईसकेको रावलले बताए ।

उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनए । रावलले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग÷अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको धारणा राखे ।

‘अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग अलग भएको अवस्थामा लेखराज भट्ट ईन्चार्ज बनाएर आफ्नो बोर्ड हटाउने हो त ?’ उनले प्रश्न गरे ।

उनले आफू नेकपा एमालेको नवौं महाधिवेशनबाट सबैभन्दा बढी मत ल्याएर उपाध्यक्ष जितेको व्यक्ति भएको सुुनाए । कैलालीको धनगढीमा एमालेका दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको थियो ।

प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो ।

प्रतिक्रिया दिनुहोस्