ओली अरूको सिकारमा विषाक्त घाँस हाल्दै छन् : बाबुराम भट्टराई « Drishti News – Nepalese News Portal
Logo

ओली अरूको सिकारमा विषाक्त घाँस हाल्दै छन् : बाबुराम भट्टराई


दृष्टि संवाददाता


काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली अरूको सिकारमा विषाक्त घाँस हाल्न लागिपरेको बताएका छन् । भट्टराईले बुधबार ट्विट गर्दै ओली नेपाली प्रतिगमनका मुख्य खलनायक भएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘अखाद्य वस्तु नखानु प्राणी जगतको शाश्वत स्वभाव हो । तर, नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत् ? यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको सिकारमा विषाक्त घाँस हाल्दै छन् ! किन नबुझेको ? ओली हटाऊँ देश बचाऊँ ।’

प्रतिक्रिया दिनुहोस्