Logo
Logo

राष्ट्रपति भण्डारी दुई दिने बंगलादेश भ्रमणमा जाने


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी चैत दोस्रो साता बंगलादेशको दुई–दिने भ्रमणमा जाने कार्यक्रम तय भएको छ । बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीलाई बंगलादेशबाट निमन्त्रणा गरिएको हो ।
२०७६ कातिक २६ गते बंगलादेशी राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणमा आएका थिए । त्यसपछि बंगलादेशको निमन्त्रणामा नेपालबाट पनि राष्ट्रप्रमुख तहबाटै बंगलादेश भ्रमण गर्ने योजना बनेको हो । तर, कोरोना महामारीका कारण रोकिएको सो भ्रमणलाई आगामी चैत दोस्रो साता गर्ने गरी तय भएको हो ।

बंगलादेश सरकारले रहमानको शतवार्षिकी जन्मजयन्ती र बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती चैत ४ देखि १३ सम्म मनाउने गरी १० दिने कार्यक्रम तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्