Logo
Logo

जसपालाई बालुवाटारमा निम्तो


दृष्टि संवाददाता


काठमाडौं । सत्ता जोगाउन नेपाल कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को साथ खोजिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका शीर्ष नेतालाई बालुवाटार बोलाएका छन् ।

जुन पार्टीसँग मिल्दा फाइदा हुन्छ सोही पार्टीसँग सत्ता साझेदारी गर्ने निर्णय गरेको जसपाका शीर्ष नेता आज ५ बजे प्रधानमन्त्री ओलीको निम्तो मान्न प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा।बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने भएका हुन् । प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न नयाँ समिकिरणको तयारी गरिरहेको नेकपा माओवादी केन्द्रसँग पनि छलफल गर्दै आएका जसपाका आधा नेता ओलीसँग सत्ता साझेदारी गर्न नसकिने मत राख्दै आएका छन् । तर, नेता राजेन्द्र महतो लगायत ओलीसँगै सहकार्य गर्नुपर्ने पक्षमा छन् ।

जसपाले सत्ता समीकरणका लागि टिकापुर घटनाका मुख्य दोषी भनिएका रेशम चौधरीको रिहाइलाई मुख्य एजेण्डा बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्