Logo
Logo

प्रधानमन्त्री र जसपाका नेताबीच बालुवाटारमा भेट गर्दै


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्री ओलीले आज साँझ जसपा नेताहरुलाई छलफलका लागि बालुवाटारमा बोलाएका हो ।
वर्तमान सरकारलाई नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा एमालेले सरकार टिकाउन अर्को पार्टीको साथ लिनुपर्नेछ । प्रधानमन्त्री ओलीले त्यसै विषयमा जसपाका नेताहरुसँग छलफल गर्न लागेको बताइएको छ ।
सत्ता सहकार्यका लागि जसपासँग नेकपा एमालेसँगै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले पनि छलफल गरिरहेको छ । तर, जसपा नेताहरुले आफूहरुको माग पूरा गर्नेलाई सहयोग गर्न सक्ने जवाफ दिँदै आएको छ ।
यसअघि जसपाका शीर्ष नेताहरुबीच छलफल भएको छ । सो छलफलमा पछिल्लो विकसित राजनीति घटनाक्रमसँगै सत्ता समिरकणबारे छलफल भएको जसपाका एक नेताले बताए ।
जसपाले सत्ता समिकरणका लागि शर्त राख्दै आएको छ । सांसद रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनका क्रमा मुद्दा चलाइएका आन्दोलनकारीको मुद्दा फिर्ता, संविधान संशोधनलगायतका माग जसपाले अघि सारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्