Logo
Logo

एजेण्डा पूरा भए सरकारमा जान्छाैँ : महन्थ ठाकुर


दृष्टि संवाददाता


काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीले उठाएको एजेण्डा पूरा भएपछि मात्रै सत्ता समीकरणबारे छलफल गर्ने बताएका छन् ।

बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले नेता, कार्यकर्ताको मुद्धा फिर्ता तथा जेलमा रहेका नेताहको रिहाइ गर्ने माग पूरा भएमात्रै सत्ता समीकरणको विषयमा छलफल गर्ने बताएका हुन् ।

अध्यक्ष ठाकुरले पार्टीका एजेण्डाका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने जानकारी दिए ।

उनले कसैसँग पनि उधारोमा सम्झौता नहुने दोहोर्‍याएका थिए । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा हुने छलफलमा जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइका विषयमा कुरा गर्ने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्