Logo
Logo

अर्को प्रधानमन्त्रीको खोजी भएको छैन : भीम रावल


दृष्टि संवाददाता


काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अर्को प्रधानमन्त्रीको खोजी नभएको प्रतिक्रिया दिएका छन् ।

बिहीवार बसेको एमालेको खनाल–नेपाल समूहको अनौपचारिक भेलापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष रावलले केपी शर्मा ओलीको बदलामा अर्को प्रधानमन्त्रीको खोजी नभएको बताएका हुन् ।

उनले बिहीबारकोे भेलालाई समूहगत या गूटगत भेला भन्न नमिल्ने दाबी गरे । ’यो समूहगत भेला होइन । बालुवाटारमा पनि नियमितजस्तो भेटघाट चलिरहेका छन्, कसरी अघि बढ्ने भन्ने रणनीति तय भएको छ । हामीले पनि त्यही गरेका हौँ,’ रावलले भने ।

रावलले एमाले विभाजन हुने कल्पना पनि नगरेको बताए । ‘नेकपा एमाले फेरि विभाजित हुने अवस्था कल्पना पनि गर्न सक्दैनौं,’ उनले भने ।

बिहीबारको भेलामा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका करीब एक दर्जनजति स्थायी कमिटी सदस्यहरू जम्मा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्