Logo
Logo

सत्ता साझेदारीका लागि जसपाको तीन शर्त


दृष्टि संवाददाता


काठमाडौं।  जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन तीन शर्त अघि सारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा बिहीबार भएको छलफलमा जसपाले उधारोमा कुनै सहकार्य नहुने भन्दै तीन शर्त अघि सारेको हो ।

के हुन् जसपाका तीन शर्त ?

१. रेशम चौधरीसहित पार्टीका कैदीबन्दीको रिहाइ
२. नेता/कार्यकर्तालाई लगाइएको विभिन्न मुद्दा फिर्ता
३. संविधान संशोधन

यि तीन वटै शर्तमा बिहीबार भएको छलफलमा कुरा नमिले पनि प्रधानमन्त्री ओलीले संयुक्त कार्यदलबाट छलफल गरेर अघि बढ्न सकिने बताएका थिए ।

सो छलफललाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने सकरात्मक भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्