Logo
Logo

संसद् विघटन गर्नुपर्ने बाध्यता बनाउने दललाई कारवाही गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


दृष्टि संवाददाता


पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलको सहमतिमा संसद् सञ्चालन गर्नुपर्ने बताएका छन् ।

पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा बिहीबार १५ शय्याको नगर अस्पताल शिलान्यास समारोहमा अध्यक्ष तिमिल्सिनाले फेरी पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनतर्फ राजनीतिक दल सचेत हुनुपर्ने बताएका हुन् ।

जनताले पाँच वर्षको लागि म्याण्डेट दिएको प्रतिनिधिसभा बीचमै विघटन गर्नु राम्रो पक्ष नभएको बताउँदै मुलुकको समृद्धिको निम्ती काम गरिरहेको सरकारलाई काम गर्न नदिएर संसद् विघटन गर्नुपर्ने बाध्यता बनाउने दललाई कारवाही गर्नुपर्ने बताए ।

‘अब यो सरकारको म्याद दुई वर्ष रहेकाले आगामी चुनावसम्म संसद् विघटन गर्नुपर्ने अवस्था नआओस् मेरो कामना छ’, अध्यक्ष तिमिल्सिनाले भने ।

 

प्रतिक्रिया दिनुहोस्