Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : प्रधानमन्त्री र जसपाबीच छलफलदेखि पार्टीको नाम फेर्ने माओवादीको तयारीसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच सत्ता साझेदारीबारे छलफल, जसपाको तीन बुँदे प्रस्तावमा प्रधानमन्त्री सकारात्मक, ओलीसँग सत्ता साझेदारीका लागि जसपा अध्यक्ष डा. बाबुराम भट्टराई अनिच्छुक ।

२. नेकपा एमाले माधव–झलनाथ समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गलत कदमको खुलेर विरोध गर्ने, ओली पक्षबाट देशमा भइरहेका गलत गतिविधिविरूद्ध विशेष वक्तव्य जारी गर्ने तयारी, ओली समूहद्धारा भइरहेको पार्टी कार्यालय कब्जा र फरक समूहमाथि भौतिक आक्रमणप्रति माधव–झलनाथ समूहद्धारा निन्दा ।

३. ओली प्रवृत्ति अन्त्य नगरेसम्म देश संकटमै रहने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दावी, आफू मर्न तयार रहेको तर ओली प्रवृत्तिविरूद्ध संघर्ष नरोकिने भनाइ, गणतन्त्र समाप्त पार्ने केपी शर्मा ओलीको षड्यन्त्र समाप्त पारिएको धारणा ।

४. देशभरका शिवालयमा पूजा आरधना गरि महाशिवरात्रि पर्व मनाइयो, पशुपतिनाथ मन्दिरमा पाँच लाख भक्तजनले दर्श गरेको पशुपति क्षेत्र विकास कोषको दावी, राष्ट्रपति र उपराष्ट्रपतिले पनि गरे पूजा अर्चना, कोरोना महामारीका कारण यस वर्ष साधु सन्तको उपस्थितिमा कमि ।

५. पार्टीको नाम परिवर्तन गर्ने नेकपा माओवादी केन्द्रको तयारी, स्थायी कमिटी बैठकमा पार्टीको नाम फेर्ने विषयमा छलफल, पार्टीको नाम फेर्ने विषयमा अध्यक्ष प्रचण्डसहित स्थायी कमिटीका अधिकांश सदस्य सहमत ।

६. राजनीतिक दलको सहमतिमा संसद् सञ्चालन गर्नुपर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भनाइ, फेरि पनि संसद् विघटन गर्नुपर्ने अवस्था सिर्जना हुन नदिनतर्फ राजनीतिक दल सचेत हुनुपर्ने धारणा, समृद्धिको निम्ती काम गरिरहेको सरकारलाई काम गर्न नदिएर संसद् विघटन गर्नुपर्ने बाध्यता बनाउने चेतावनी ।

७. राष्ट्रपति विद्यादेवी भण्डारी चैत दोस्रो साता बंगलादेशको दुई दिने भ्रमणमा जाने, बंगलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुने, चैत ९ गते बंगलादेश भ्रमणका लागि प्रस्थान गर्ने तयारी ।

८. वाणिज्य बैंकहरुले चैतदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्न थाले, ब्याजदर बढाउने संकेत, ग्रीनलाइफ हाइड्रोपावर कम्पनी ले सर्वसाधारणका लागि निष्काशन गरेको शेयर डिम्याटमा ,न्यूनतम ९९ रुपैयाँदेखि २९८ रुपैयाँसम्म पहिलो कारोबार खुल्न सक्ने संकेत, राष्ट्र बैंकका डेपुटी गभर्नर लिए सपथ, युट्युबले ल्यायो नयाँ कर नीति, नेपाली युट्युबरको पनि आम्दनी घट्ने ।

९. शहीद स्मारक ‘बी’ डिभिजन लिगको उपाधि सातदोबाटो क्लवलाई, जीतसँगै ‘ए’ डिभिजन लिगमा उक्लियो, विभागीय टिम एपीएफ क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा, काठमाडौं मेयर–११ ७ विकेटले पराजित, क्रिकेट खेलाडीले २०२० को तलव बुधबारसम्म पाउने ।

१०. र, म्यानमारमा बिहीबार भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर थप ७ जनाको मृत्यु, नेतृ सूकीमाथि ६ लाख डलर र सुन स्वीकार गरेको सेनाको आरोप, हङकङको निर्वाचन प्रणालीलाई नियन्त्रण गर्नसक्ने प्रस्ताव चीनको संसदमा सर्वसम्मतले पारित, पश्चिम अफ्रिकी मुलुक आइभरी कोस्टका प्रधानमन्त्री हामेद बाकायोकोको जर्मनीमा निधन ।

प्रतिक्रिया दिनुहोस्