Logo
Logo

देउवाले बोलाए शीर्ष नेताको बैठक, ओलीसँग सत्ता साझेदारीको प्रस्ताव गर्ने


दृष्टि संवाददाता


फाइल फाेटा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक आफ्नौ निवासमा बोलाएका छन् । बैठक आज दिउँसो ३ बजे देउवा निवास बूढानीलकण्ठमा बस्ने छ ।

सरकार जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसँग छलफल तीव्र बनाएसँगै सभापति देउवाले बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको हरेक कदममा समर्थन जनाउँदै आएका देउवाले शीर्ष नेताको बैठकमा ओलीसँग सत्ता साझेदारीका लागि प्रस्ताव राख्ने बुझिएको छ ।

प्रधानमन्त्री ओलीको सरकार ढाल्ने प्रयत्नमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड केही दिन अगाडि देउवा निवास पुगेका थिए । देउवासँगको भेटमा प्रचण्डले सत्ता साझेदारीका प्रस्ताव गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्