Logo
Logo

इन्जिनियरको घुसकाण्डमा लेखा अधिकृत पनि पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, २८ फागुन ।

धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पुजा कार्कीको घुसकाण्डमा लेखा अधिकृत पनि पक्राउ परेका छन् । ठेक्का सम्झौता अनुसारको काम सम्पन्न पश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई खटिएको टोलीले कार्कीलाई घुससहित पक्राउ गरेको थियो ।


अनुसन्धानको सिलसिलामा जिल्ला धादिङ्ग, गंगा जमुना गाउँपालिकामा कार्यरत लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पुजा कार्कीको मिलेमतो देखिएको हो । बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भई काम सम्पन्न पश्चात बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरी लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको निर्देशनमा पुजा कार्कीले आफू र लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको लागि रु. ९५,०००।–घुस रकम लिएको अवस्थामा बरामद भएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज अर्जुन प्रसाद सापकोटा र पुजा कार्कीलाई जनही बिगो रु. ९५,०००।– (पन्चानब्बे हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्