Logo
Logo

एमालेमा लागेकालाई फकाइँदैन : अध्यक्ष प्रचण्ड


दृष्टि संवाददाता

1.6k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा लागेकाहरुलाई फकाउनतिर नलाग्ने बताएका छन् । शुक्रबार बुटलवमा माओवादी केन्द्रंका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, ‘भो ती फर्किन परेको छैन, उतै बसे हुन्छ । फकाउनतिर लागिँदैन । तर, यहाँ आएर रोए भने म पग्लिन्छु भन्ने डर छ ।’
नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी केन्द्रका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीको साथ सालेर एमालेमा लागेका छन् ।
उनीहरुलाई माओवादीमा तान्नतिर आफूले कुनै प्रयास नगर्ने अध्यक्ष प्रचण्डले स्पष्ट पारे । सर्वोच्च अदालतले पार्टी एकता खारेज गरेपछि उनीहरु माओवादी केन्द्रमा फर्किएका छैनन् ।
अध्यक्ष प्रचण्डले भने, ‘यत्रो बदमासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएँ । त्यतिखेर बाबुरामजीसँग वैचारिक संघर्ष भयो । जेहोस् टोपबहादुरजीले साथ दिनुभयो भनेर सब गरेँभन्दा त यो गति ।’
उनले दुई जना मान्छे नभएकालाई स्थायी समिति बनाएको र अहिले मन्त्री बनाएको भन्दै भने, ‘के गरेँ भनेर अहिले आफ्नै आत्मसमीक्षा गर्न थालेको छु ।’

 

प्रतिक्रिया दिनुहोस्