Logo
Logo

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न देउवालाई पौडेल समूहकाे आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्ने भएकाे छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शीर्ष नेताहरूको बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला गरेको थियो ।

उक्त भेलाले कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास गर्न सभापति देउवालाई आग्रह गर्ने निष्कर्ष निकालेको हाे । भेलामा सहभागी एक नेता भन्छन्, ‘पदाधिकारी बैठकमा सभापतिजीलाई आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नुस्, हाम्रो सहयोग रहन्छ भन्छौं ।’

महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगञ्जमा पौडेल पक्षको छुट्टै भेला बसेको हो । छलफलमा प्रकाशमान सिंह, रामशरण महत, मिनेन्द्र रिजाल, सितादेवी यादव सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्