Logo
Logo

केन्द्रीय कमिटी विस्तार गर्ने ओलीको तयारी


दृष्टि संवाददाता


काठमाडौं, २८ फागुन ।
प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्ने तयारी गरेका छन् ।

पार्टीमा आफु थप बलियो हुन उनले एकपक्षीय रुपमा केन्द्रीय सदस्य थप्न लागेका हुन् । स्रोतका अनुसार २३ जना केन्द्रीय सदस्य थप्ने तयारी भइरहेको छ । त्यमा माओवादी छाडेर एमालेमा आएका नेताहरु समेत छन् । गृहमन्त्री रहेका बादललाई कुन पद दिने भन्नेबारे समेत छलफल भइरहेको छ ।
यसका लागि उनले शुक्रबार बालुवाटारमा आफु निकट नेताहरुसँग छलफल गरिरहेका छन् । सर्वाेच्च अदालतले नेकपाको एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्युँताएपछि ओली उत्साहित छन् ।
पार्टी ब्यँुतीएपनि अझै उनले माधव नेपाल र झलनाथ खनाल पक्षसँग छलफल गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्