Logo
Logo

जसपा संसदीय दलको बैठक सिंहदरबारमा सुरू


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरी सुरु भएको हो ।

दलको बैठक अघि जसपाका शीर्ष नेताहरूले छुट्टै छलफल गरेका थिए ।अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोले अनौपचारिक छलफल गरेका थिए ।

बैठकमा बिहीबार एमालेका अध्यक्ष ओलीसँगको छलफलमा भएका कुराबारे शीर्ष नेताले जानकारी गराउनेछन् । बिहीबार साँझ जसपाका शीर्ष नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए ।

त्यस्तै जारी बैठकमा संसदीय दलको विधान पारित एवं संसदीय दलको नेता चयन लगायतका बारेमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्