Logo
Logo

युरेनियमसहित ४ जना पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । विस्फोटक पदार्थमा प्रयोग हुने युरेनियमसहित चार जना पक्राउ परेका छन् । बिहीबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले उनीहरूलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

युरेनियमसहित पक्राउ परेको यो घटना नेपालमा नै पहिलोपटक भएको कार्यालयले बताएको छ । साढे २ किलोग्राम युरेनिमयसहित उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जानकारी दिएको छ।

युरेनियमसहित पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, लिखु तामाकोशी गाउँपालिकाकी ४० वर्षीया जानुका तामाङ, रामेछापकै २० वर्षीया प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले ५ दिनको म्याद लिएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्