Logo
Logo

एमालेको महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने ओलीको एकलौटी निर्यण


दृष्टि संवाददाता


काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्को विवादस्पद निर्णय गरेका छन् । नेकपाको महाधिवेशनको मिति एकलौटी रुपमा घोषणा गर्नुका साथै महासचिव पदबाहेक सबै खारेज गरेका छन् । नेकपा एमालेको दशौं महाधिवेशन आगामी २ मंसिरदेखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
एमालेका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एमालको महासचिवबाहेक सबै पद खारेज गर्ने निर्णय गरेको छ । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन । बैठकमा सहभागी एक नेताका अनुसार प्रचणड पक्षमा लागेका एमाले नेताहरूलाइ बैठकमा बाेलाएपनि नआएको हो ।

प्रतिक्रिया दिनुहोस्