Logo
Logo

बालुवाटारमा केको बैठक बसेको हो, थाहै छैन : युवराज ज्ञवाली


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई थाहै नदिई बैठक बसेको उपाध्यक्ष युवराज ज्ञवालीले बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवस वालुवाटारमा सत्तारूढ एमालेको बैठक बसेको थियो । बैठकले पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय सदस्य बनाउने, महाधिवेशन गर्नेलगायतका निर्णय गरेको छ ।

उक्त बैठकबारे आफूहरूलाई कुनै जानकारी नै नभएको नेपाल पक्षका नेता तथा एमाले उपाध्यक्ष ज्ञवालीले बताए । उनले भने, ‘उहाँहरूले के-को बैठक गर्नुभएको हो। हामीलाई जानकारी दिइएको थिएन, के–के निर्णय गर्नुभयो रे भन्ने मिडियाबाट सुनेको छु ।’

 

प्रतिक्रिया दिनुहोस्