भीम रावललाई हटाएर लेखराज भट्टलाई ओलीले बनाए सुदूरपश्चिम प्रदेश इन्चार्ज « Drishti News – Nepalese News Portal
Logo

भीम रावललाई हटाएर लेखराज भट्टलाई ओलीले बनाए सुदूरपश्चिम प्रदेश इन्चार्ज


दृष्टि संवाददाता


काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले शुक्रबार प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका हुन् । सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गर्ने क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी नेताले पाएका छन् । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्