Logo
Logo

प्रतिगमनकारीसँग सहकार्य हुँदैन : उपेन्द्र यादव


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका नेता ‍उपेन्द्र यादवले प्रतिगमनकारीसँग सहकार्य नहुने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको सो पार्टीको संसदीय दलको बैठकपछि उनले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘हाम्रो स्पष्ट धारणा छ- प्रतिगमनकारी, लोकतन्त्र विरोधी, संघीयता विरोधीसँग कुनै किसिमको राजनीतिक सहयात्रा, सहकार्य हुनसक्दैन’, यादवले भने, ‘हामी संघीयता, लोकतन्त्रका पक्षधर शक्तिहरुसँगको बीचमा सहकार्य, समन्वय र सामञ्जस्य गरेर मुलुकलाई निकास दिनुपर्दछ भन्ने ठान्छौं।’

यादवले अहिले सर्वोच्च अदालतले समेत प्रधानमन्त्रीले असंवैधानिक कार्य गरे भनेर ठहर गरिसकेपछि संविधान उल्लंघन गर्ने कार्यकारी प्रमुखले आफ्नो पद त्याग्नुपर्ने आफूहरुको प्रष्ट अडान रहेको बताए । उनले कार्यदल रेशम चौधरीको रिहाइको लागि मात्रै बनाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्