Logo
Logo

माधव नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

माधव नेपाल पक्षले एमालेको केन्द्रीय कमिटी विस्तारलगायतका निर्णयप्रति आपत्ति जनाउँदै ओलीले चालेकोकदमलाई घोर षडयन्त्र भन्दै त्यसको सशक्त प्रतिकार गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्