Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : एमाले अध्यक्ष ओलीले नेताहरूको जिम्मेवारी खोसेकोदेखि माधव नेपालले पक्षले निर्णय नमान्नेसम्म


दृष्टि संवाददाता


निर्णय नमान्नेसम्म

हेडलाइन्स् :

१. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाए, वागमती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मीको स्थानमा रामबहादुर थापा नियुक्त, सुदूरपश्चिम प्रदेशमा भीम रावललाई हटाएर लेखराज भट्टले पाए जिम्मेवारी, महाधिवेशन आगामी मंसिर २ देखि ६ सम्म गर्ने ओली पक्षको निर्णय ।

२. एकलौटी ढंगमा केन्द्रीय कमिटी हेरफेर गरेको विषयलाई लिएर माधव नेपाल पक्ष आक्रोशित, वानेश्वरमा छुट्टै भेलाको आयोजना, ओलीको कदमको पार्टीभित्र विरोध जनाउने निर्णय, एक्लौटी र मुर्खतापूर्ण निर्णयको प्रतिवाद गर्ने तयारी ।

३. जसपाद्वारा सत्ता समीकरणका विषयमा नेपाली कांगेसका सभापति शेरबहादुर देउवाबीच छलफल, रेशम चौधरीको रिहाइसहित तीन बुँदे शर्त देउवालाई सुनाइयो, ओलीविरुद्ध माओवादीसहितको गठबन्धन बनाउन जसपालाई कांग्रेसको प्रस्ताव, राजनीतिक निकासको खाका कांग्रेसले नै ल्याउनुपर्ने जसपा नेताहरुको भनाई ।

४. माओवादी केन्द्रबाहेकका दलमा विदेशी शक्ति जब्बर रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दावी, संविधानको रक्षाका लागि देशमा शान्तिपूर्ण आन्दोलनको आवश्यकता रहेको उल्लेख, माधव नेपालले छिट्टै एमाले कब्जा गर्नेमा प्रचण्ड विश्वस्त ।

५. नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अघि बढ्ने कुरा समाप्त भएको नेकपा उपाध्यक्ष बामदेव गौतमको टिप्पणी, एकलौटी ढंगबाट अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएको विषयमा आक्रोशित गौतमद्वारा समस्या समाधान गर्ने बाटो नै ओलीले बन्द गरेको तर्क ।

६. पटक–पटक विवादमा तानिएका जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइराला उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा न्यायाधीश सिफारिस, न्यायपरिषद्का सदस्य रहेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको ‘नोट अफ डिसेन्ट’का बीच शुक्रबार परिषद्को बहुमतले कोइरालालाई सिफारिस ।

७. नेपाल–चीन बीचको प्रमुख व्यापारीक नाका तातोपानीबाट पहिलो पटक युरिया मल आयात, शुक्रबार सम्ममा दुई सय ८० मेट्रिक टन युरिया तातोपानी भन्सार सुख्खा वन्दरगाहमा पुगेको भन्सार कार्यालयद्वारा जानकारी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सिल्क ग्रुपसँग ढुवानीको सम्झौता गरी चीनको सिगात्से शहरबाट मल तातोपानी नाका हुँदै नेपाल ल्याउँदै ।

८. सर्वसाधारणलाई निष्काशन गरिने प्राथमिक शेयर (आईपीओ) मा आवेदन गर्नेको संख्या निरन्तर बढ्दै, ज्योति लाइफ इन्स्योरेन्सले फागुन २१ गते देखि २६ गते सम्म निष्काशन गरेको आईपीओमा डिम्याट खाता खोल्ने मध्ये ५८ प्रतिशत भन्दा बढीले आवेदन, सिडिएस एण्ड क्लियरिङ्गको पछिल्लो तथ्यांक अनुसार डिम्याट खाता खोल्नेको संख्या ३१ लाख ५१ हजार पुग्यो ।

९. काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै, टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान ८ः४५ बजे सुरु हुने, फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपालले खेल्ने बाँकी खेलहरु कुवेतमा आयोजना हुने ।

१०.र, चीन र रुसले चन्द्रमामा स्पेश स्टेसन बनाउने, दक्षिण अफ्रिकाको जुलु समुदायका राजा गूडविलको ७२ बर्षको उमेररमा निधन, अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दुर्व्यवहार गर्ने युवती पक्रा, दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता ।

प्रतिक्रिया दिनुहोस्