Logo
Logo

ओलीसँग मिल्ने सम्भावना सकियो : वामदेव गौतम


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्ने सम्भावना समाप्त भएकाे बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने, आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि गाैतमले साे प्रतिक्रिया दिएका हुन् । गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले भने, ‘केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सम्भावना अब रहेन ।’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्र विभाजन उत्पन्न भएयता गौतमले एकताका लागि अभियान सञ्चालन गरेका थिए । अदालतको फैसलाले एमाले र माओवादी ब्युँतिएपछि उनले एमालेमा ओलीले सबैलाई मिलाएर लैजानुपर्ने मत राखेका थिए ।

तर, ओलीले आज माधव नेपाल पक्षलाई थाहा नदिइकन पार्टीकाे जिम्मेवारी हेरफेर र केन्द्रीय कमिटी विस्तार गरेपछि गौतमको असन्तोष सार्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्