Logo
Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा एमाले विवादबारे छलफल !


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम र एमालेमा देखिएको विवादका विषयमा बैठकमा छलफल हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउँदै नयाँ सत्ता समीकरणबारे छलफल गर्ने तयारीमा माओवादी केन्द्र रहेको छ । यस्तै एमालेभित्रका असन्तुष्ट पक्ष माधवकुमार नेपाल लगायतसँगको छलफल पनि अघि बढाउने तयारीमा केन्द्र रहेको छ ।

नेपाल समूहलाई कर्नरमा पार्ने गरी एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टी निर्णयहरु गर्न थालेका छन् । नेकपा एमालेले शुक्रबार माधव नेपाल पक्षलाई खबरै नगरी विभिन्न पार्टी कमिटी पुनर्गठन गरेको थियो । माधव नेपाल पक्षको शुक्रबारै बसेको स्थायी कमिटी बैठकले समानान्तर कमिटी बनाउने निर्णय गरेको थियो ।

यसअघि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रचण्ड–माधव नेपाल मिलेर आन्दोलन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्