Logo
Logo

काठमाडौंका केहीस्थानमा आज ६ घण्टा लोडसेडिङ (स्थान सहित)


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौंका केही स्थानमा ६ घण्टा विद्युत जानेछ । जोरपाटी वितरण केन्द्र र बुढानीलकण्ठ वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरुमा आज १० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गतका क्षेत्रमा र बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गतका क्षेत्रमा करिब ६ घण्टा बिजुली जानेछ।

जोरपाटी वितरण केन्द्रको साँखु फिडरअन्तर्गत माया पाटी, ब्रह्मखेल, इन्द्रायणी, साँखु, जर्सिङपौवा, नाङ्लेभारेलगायतका ठाउँमा बिहान १० देखि दिउँसो ४ बजेसम्म लोडसेडिङ हुने छ ।

यस्तै, बुढानीलकण्ठ वितरण केन्द्रको चुनिखेल फिडरअन्तर्गत पर्ने भंगाल, गाम्चा, सापाटार, टुपेक, कौडोल, बासबारी, सुन्दरबस्ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

दुवै फिडर सटडाउन गरेर मर्मतको काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्