Logo
Logo

उपत्यकाका दुई डिएसपीसहित एक सय ४८ प्रहरी कारबाहीमा


दृष्टि संवाददाता


काठमाडौं, २९ फागुन ।
पछिल्लो तीन महिनामा उपत्यकाका कार्यरत उक सय ४८ जना प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा दुई डिएसपी समेत छन् ।
महानगरीय प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार दुई डिएसपी, पाँच इन्सपेक्टर, ६ सइ, ११ असइ, ३२ हवल्दार, ०१ जवान र एक कार्यालय सहयोगी कारबाहीमा परेका छन् ।

तीन महिनाको अवधिमा दुई सय एक प्रहरी पुरस्कृत भएका छन् । जसमा एक डिएसपी, १२ इन्सपेक्टर, २१ सइ, १९ असइ, २९ हवल्दार एक सय ७ जवान र तीन कार्यालय सहयोगी छन् ।

महानगरीय प्रहरी कार्यालयको नेतृत्व सम्हालेको तीन महिनाको अवसरमा एआइजी हरिबहादुर पालले त्रैमासिक विवरण सार्वजनिक गरेका छन् । तीन महिनाको अवधिमा आठ सय ४१ वटा राजनीतिक कार्यक्रम भएको र त्यसमा सफल रुपमा व्यवस्थापन गरिएको उनको भनाई छ ।
तीन महिनामा ६ सय ५१ जना फरार अपराधी पक्राउ परेको र ७ करोड ३० लाख जरिवाना असुल भएको छ । अवैध क्यासिनो चलाउने, हुन्डी कारोबार गर्ने तथा कीर्ते गरी जग्गा बेच्ने गिरोह पक्राउ उपलब्धी भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्