Logo
Logo

महेश वस्नेतको आरोप- माधव नेपाल प्रचण्डको दूत बनेर आएका छन्


दृष्टि संवाददाता


इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य महेश वस्नेतले माधवकुमार नेपाल प्रचण्डको दूत बनेर एमालेमा आएको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ जिल्ला कमिटी सुनसरीको शपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलामा बोल्दै वस्नेतले माधव नेपाल प्रचण्डको मिसन पूरा गर्न एमालेमा आएकाले सजिलै विश्वास गर्न नसकिने बताएका हुन् ।

प्रचण्डले बुटवलमा ‘माधव जीले कि पार्टी एमाले कब्जा गर्नु हुन्छ, कि धेरै सदस्य लिएर यतै आउनु हुन्छ’ भन्दा पनि खण्डन नगर्नुले माधव नेपालको नियतमाथि झन् शंका थपिएको उनको भनाइ छ ।

उनले माधव नेपाल पक्षले बनाएको समानान्तर कमिटीलाई सहजै ‘फेस गर्ने’ पनि बताएका छन् । प्रचण्ड र माधव नेपालले संयुक्त रुपमा बनाएको समानान्तर कमिटी पनि सामना गरेको भन्दै वस्नेतले माधव नेपाल पक्षले मात्रै बनाएको कमिटी सामना गर्न कठिन नहुने तर्क गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्