Logo
Logo

दृष्टिका दश हेडलाइन्स् : माधव समूहको समानन्तर गतिविधिदेखि माओवादी मन्त्रीलाई २४ घण्टे अल्टिमेटसम्म


दृष्टि संवाददाता


हेडलाइन्स्

१. नेकपा एमालेमा केपी शर्मा ओलीविरूद्ध माधवकुमार नेपाल समूह निर्णायक संघर्षमा, ओलीले सबै पद खारेज गरेपछि नेपाल समूहद्धारा समानान्तर कमिटी गठन, चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलामार्फत नेपाल समूहले निर्णयक संघर्षको रोडम्याप तय गर्ने ।

२. चुनावमा गए प्रचण्ड–माधवलाई जनताले धुलो चटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको दावी, पराजयको त्रासले ताजा जनमतमा जाने सरकारको निर्णय बिरोध गरेको ओलीको आरोप, हिम्मत भए चुनावमा आएर आफूलाई अनुमोदन गर्न चुनौती ।

३. कम्युनिष्ट सर्वसत्तावादविरूद्ध लड्नुपर्ने बेला भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भनाइ, कम्युनिष्ट सर्वसत्तावादले लोकतन्त्र संकटमा परेको धारणा, पार्टीको महाधिवेशन पछि सार्ने सभापति देउवाको प्रयास अलोकतान्त्रिक भएको वरिष्ठ नेता रामचन्द्र पौडेलको आरोप ।

४. सत्ता समीकरणका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल, आगामी निर्वाचनसम्म कार्यगत एकता गरेर अगाडि बढ्न माओवादीको प्रस्ताव, सत्ता समीरकणबारे जसपामाको दुईमत ।

५. उत्तरी सीमा नाका तातोपानीबाट पहिलो पटक नेपालमा रासायनिक मल भित्रियो, यस अघि खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामाग्री आयात हुनेगरेको भएपनि यो साता भने ४ हजार टन रासायनिक मल भित्रिएपछि भारतमा निर्भर हुनुपर्ने बाध्यता अत्य हुने आशा, उत्तरी नाकाबाट पनि रासायनिक मल ल्याउन सके कृषकले समयमै प्रयोग गर्न पाउने अपेक्षा ।

६. प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण कम्युनिस्ट आन्दोलन नै समाप्तिको दिशातिर धकेलिएको वामदेवको ठहर, एमालेलाई एकढिक्का बनाउन गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न अपिल ।

७. गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन नेकपा माओवादी केन्द्रको २४ घण्टे अल्टिमेटम, पार्टीको निर्देशनसँगै एमालेमा गएका माओवादी मन्त्रीहरु गृहमन्त्री बादल सहित, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरीको पद धरापमा, जस्तोसुकै परिस्थिति आए पनि केपी शर्मा ओलीको साथ नछोड्ने टोपबहादुर राइमाझीको प्रतिकृया ।

८. नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संघर्षमा रहेको झलनाथ–माधव समूह समूहले समानान्तर कमिटी विस्तार गर्यो, सबै प्रदेश तथा जनसंगठनको इञ्चार्ज तोकियो, पार्टीको बैठकमा सहभागी नभए विधान अनुसार कारवाही गर्ने अध्यक्ष ओलीको चेतावनी ।

९. मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्यो, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब आठ विकेटले पराजित, उपाधिसँगै विजेता पुलिस क्लबले पाँच लाख रुपैयाँ पुरस्कार जित्यो ।

१०. चीन र पाकिस्तानको खतरासँग जुध्न भारतले अमेरिकाबाट ३० वटा ड्रोन हतियार खरिद गर्ने, अमेरिका सान डिएगोस्थित जेनरल अटोमिक्सले निर्माण गरेको शक्तिशाली एमक्यू–९बी ड्रोन भारतले खरिद गर्न लागेको साउथ चाइना मर्निङ पोस्टको दावी, समुद्री तथा जमिनी क्षेत्रमा निगरानी गर्न र आइपरेको खण्डमा आक्रमणको लागि ड्रोन प्रयोग गरिने ।

 

प्रतिक्रिया दिनुहोस्