Logo
Logo

विरोधीले विरोध गरेपनि विकासका काम रोकिँदैन : प्रधानमन्त्री


दृष्टि संवाददाता

567
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि विरोधी प्रवृत्तिले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नरोकिने बताउँदै लक्ष्य हासिल गर्नका लागि विकास निर्माणलाई तीव्रता दिएको बताएका छन् ।
आइतबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केहीले विरोधकै लागि भए पनि विरोध गर्ने गर्दै आएका छन् । तर, विरोधीले विरोध गरेपनि विकासको काम रोकिँदैन ।’
उनले आफ्नो स्वार्थ पूरा गर्नका लागि हिरिक्क हुने प्रवृत्ति भएको देशमा सरकारले दिगो विकास दृढताका साथ तीव्र गतिमा अघि बढाएको बताए । उनले भने, ‘यसलाई स्थायित्व र निरन्तरता दिनुपर्छ ।’
विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले भने, ‘जनताको जीवन हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण छ । त्यसका निम्ति हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरेका छौं ।’ सडक कालोपत्रे मात्र गर्ने होइन, त्यो फराकिलो र सुरक्षित पनि हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्