Logo
Logo

प्रदेशसभा १ को बैठक अनिश्चितकालका लागि स्थगित


दृष्टि संवाददाता


विराटनगर । प्रदेशसभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।
प्रदेश १ मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता भइसकेको छ र अबको बैठकमा छलफल गर्नुपर्नेछ । ९ फागुनमा पेश भएको अविश्वास प्रस्तावमाथि प्रदेशसभामा अहिलेसम्म छलफल भएको छैन ।
अविश्वास प्रस्ताव पेश भएपछि फागुन २३ गतेसम्म बैठक स्थगित गरिएको थियो । त्यसपछि फेरि चैत २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्