Logo
Logo

मालपोत कार्यालयमा बिष्फाेट, पाँच घाइते


दृष्टि संवाददाता


सिरहा, १ चैत ।
सिरहाको लहान नगरपालिका– ८ स्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विस्फोट हुँदा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।उनीहरु मालपोतकै कर्मचारी भएको स्रोत बताउँछ । घटनास्थलमा गणतान्त्रितक तराई मोर्चा नामक समूहको पर्चा भेटिएको छ।


जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार घाइतेहरूलाई लहानस्थित सप्तऋषि अस्पताल पठाइएको छ । गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि जिल्लाबाहिर पठाउन हेलिकोप्टर मगाइएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको पहिचान खुलिसकेको छैन । उनीहरु सेवाग्राही भएको बताइएको छ । सेवाग्राहीको घुइँचो रहने कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर कार्यालय रहेको भाडाको घरको पहिलो तलामा विस्फोट भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए । कुनै अपराधिक समूहले यसरी बम राखेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्