Logo
Logo

लहानस्थित मालपोतमा बम विष्फोट, सात जना घाइते


दृष्टि संवाददाता


सिरहा । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो भएको विष्फोटमा परी सात जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइते भएकामा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ । घाइते ४ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र ३ जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।
विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले जनाएको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटना स्थल पुगेको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् । बिष्फोट कसले गर्यो भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्