Logo
Logo

सत्ता सहकार्यविरुद्ध जसपामा मोर्चाबन्दी


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) सत्ता सहकार्य गर्ने कि नगर्ने भन्नेमा अन्यौैलमै छ । सत्ता सहकार्यका लागि विभिन्न दैनिकरुपमा राजनीतिक दलहरुसँग छलफल गर्दै आएपनि निष्कर्षमा पुग्न सकेको छैन ।
सत्ता सहकार्यका जसपिाले विभिन्न शर्त राख्दै आएको हो । ती शर्तमध्ये मधेशको सम्पूर्ण मुद्दा सम्बोधन गुर्न पर्ने समेत रहेको छ । कहिले केपी ओली नेतृत्वको सरकारसँग सहकार्य त, कहिले नेपाली कांग्रेस र नेकपा माआवादी कन्द्रसँग सत्ता सहकार्यबारे छलफल जसपाले छलफल गर्दै आएको छ ।


तर, यसैबेला जसपाकै एक दर्जन सांसदहरुले भने सरकार जान नहुने भन्दै मोर्चा बनाएका छन् । उनीहरुले अहिलेको अवस्थामा सरकारमा सामेल हुन नहुने अढानमा पुगेको छ । उनीहरु तत्काल पार्टी सरकारमा जानबाट रोक्न आवश्यक रणनीति बनाउन छलफलमा जुटेका छन् ।
आइतबार सिंहदरबारस्थित तत्कालीन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बसेको सांसदहरुको बैठक ले तत्काल जसपा सरकारमा जानु नहुने निष्कर्ष निकाले एक नेताले बताए । उनका अनुसार सत्ता सहकार्यका लागि तिव्र छलफल भइरहेको बेला आफूहरुले शीर्ष तहमा दबाब दिन मोर्चाबन्दी गरिरहेको बताए ।
जसपा सरकारमा जाने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार आइरहेकाले त्यसले आफूको ध्यान तानेको भन्दै उनले भने, ‘पार्टीलाई सरकारमा जानबाट रोक्नका हामी छलफल गरिरहेका छौँ ।’ तत्काल सरकारमा जानु नहुने भन्ने पक्षमा प्रमोद साह, प्रदीप यादव, इस्तियाक राई, रानी मण्डल, अमृता अग्रहरि, निरमाया ढकाल, एकवाल मियाँ, रामबाबु यादव, उमाशंकर अरगरियालगायतका सांसदहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्