Logo
Logo

माधव नेपाल भेट्न काेटेश्वर पुगे प्रचण्ड


दृष्टि संवाददाता


काठमाडाैं । सर्वोच्चले नेकपा खारेज गरेसँगै आ–आफ्नै पार्टीमा फर्केका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालीबीच भेटवार्ता भएको छ ।

आइतबार पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठक लगत्तै प्रचण्ड नेता नेपाल भेट्न नेपालनिवास पुगेका हुन् ।
गत साता सर्वोच्चले नेकपा खारेज गरेसँगै प्रचण्ड–नेपाल समूहको २४ गते स्थायी समितिको बैठक बसेको थियो।

सोही बैठकपछि वरिष्ठ नेता नेपालसहितका नेताहरु एमालेतिर फर्किएका थिए । आ–आफ्नै दलमा गएर संघर्ष गर्ने निर्णय गरेर छुट्टिएको एक साता नपुग्दै भेट गरेका हुन् ।

भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले पदाधिकारी हेरफेर गरेसँगै समानान्तर पदाधिकारी बनाएकाले नेपाल र प्रचण्डबीच ओली प्रवृत्तिको विषयमा कसरी अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्