Logo
Logo

माओवादी केन्द्रको केन्द्रीय कमिटी घटाइयो


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ हजारबाट घटाएर २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने निर्णय गरेको हो ।

पार्टी एकताको क्रममा ४ सय ४१ केन्द्रीय सदस्यमध्ये माओवादीको भागमा दुई सय केन्द्रीय सदस्य परेका थिए । तर, एकता भंग भए पनि २ सय केन्द्रीय कमिटीलाई कायम राख्ने भएको छ ।

यस्तै, आइतबारको बैठकमा पार्टीको नाम फेर्ने विषयमा पनि एजेण्डा प्रवेश गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्