Logo
Logo

ओली सरकारमा गएका माओवादीका मन्त्रीलाई फिर्ता हुन पत्र पठाइयाे


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ।

आइतबार पेरिसडॅाडास्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रबाट मन्त्री भएकाहलाई मन्त्री पद त्याग गरि सरकारबाट फिर्ता हुन निर्देशन दिएको हो ।

बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले माओवादी छाडेका नेतालाई समेत पार्टी परित्याग गरेको हो वा होइन स्पष्टीकरण दिन पनि भनिएको सञ्चारकर्मीलाई जानकारी गराए ।

प्रवक्ता श्रेष्ठले भने– ‘हिजो हाम्रो पार्टीको केन्द्रीय कार्यालयले प्रस्ताव गरे अनुसार आजको केन्द्रीय कमिटीको बैठकले हाम्रो पार्टीको तर्फबाट अहिलेसम्म पनि मन्त्री पदमै रहनुभएका कमरेडहरुलाई मन्त्री पद त्याग गरेर सरकारबाट फिर्ता हुने कुरालाई केन्द्रीय कमिटीले पनि औपचारिक रुपमा निर्णय गरेको छ ।

त्यसैगरी हिजोकै केन्द्रीय कार्यालयको प्रस्तावअनुसार हाम्रो पार्टीका कतिपय केन्द्रीय कमिटी र विभिन्न कमिटीका सदस्यहरु अर्को पार्टीमा रहनुभएको सार्वजनिक रुपमा सूचना प्राप्त भएको छ ।

त्यस आधारमा हाम्रो माओवादी केन्द्र परित्याग गरेको हो होइन र आफ्नो पार्टी कुन हो सुसूचित गर्नको निम्ति र आफ्नो स्थिति स्पष्ट गर्नका निम्ति स्पष्टीकरण माग्ने कार्यालयको प्रस्तावलाई पनि आजको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति र आगामी दिनको कार्यभारको सम्बन्धमा रिपोर्टिङ गर्नुका साथै नेता नारायणकाजी श्रेष्ठले पार्टी एकताको मर्म माथि कसरी प्रहार भयो र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा मन्तव्य रिपोर्टिङ गरेका थिए ।

बैठकमा पार्टी संगठनको अवस्थाको सम्बन्धमा १ नम्बर प्रदेशबाट सह इन्चार्ज मायाप्रसाद काफ्ले, २ नम्बरबाट सह इन्चार्ज विश्वनाथ शाह, बागमती प्रदेशबाट अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशबाट अध्यक्ष हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशबाट सचिव मायाप्रसाद काफ्ले, सुदूरपश्चिम प्रदेशबाट सचिव नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।

उपत्यका विशेष मिटीको तर्फबाट इन्चार्ज लीलामणि पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटीको तर्फबाट अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटीको तर्फबाट अध्यक्ष युवराज चौलागाईंले रिर्पोटिङ गरेका थिए ।

केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्