Logo
Logo

ओलीकाे निर्णय रोक्न नेपाल पक्षले गुहार्‍याे निर्वाचन आयोग


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णय कार्यान्वयन नगराउन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

आइतबार नेपाल समूहले अध्यक्ष ओलीले पार्टी एकलौटी रुपमा मनोनयन लगायतका निर्णय अनाधिकृत भएको भन्दै आयोगमा निवेदन दिएको हो।

नेपाल समूहका ११ जना स्थायी समिति सदस्यको हस्ताक्षरसहित आयोगलाई प्रक्रिया रोक्न माग गरिएको हो । शुक्रबार अध्यक्ष पार्टीमा माओवादी केन्द्रबाट आएका २३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुको साथै पार्टी पदाधिकारी खारेज गर्ने निर्णय गराएका थिए ।

निर्णय लगत्तै बसेको नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले ओलीको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

हेर्नुहोस् पत्र :

 

 

प्रतिक्रिया दिनुहोस्